Logo

एकैदिन गुल्मीमा ४८ जनामा कोरोना पुष्टि



Spread the love

५ असार, तम्घास। शुक्रबार गुल्मीमा थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा धुर्कोट गाउँपालिकाका २० जना, गुल्मीदरबार गाउँपालिकाका १४ जना, इश्मा गाउँपालिकाका १२ जना र मालिका गाउँपालिकाका दुई जना रहेका छन् ।

सङ्क्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्