Logo

कोरोनाको महामारी नयाँ र खतरनाक चरणमा



Spread the love

एजेन्सी। कोरोनाभाइरसको महामारी बढ्दै गइरहेको र विश्व ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । डब्‍ल्‍यूएचओका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससका अनुसार, यतिखेर संसारमा कोरोनाभाइरसको महामारी फैलिदै गइरहेको छ ।

गत बिहीबारमात्रै १ लाख ५० हजार नयाँ संक्रमणको केस फेला परेका छन्, जुन एकैदिनमा त्यतिका संख्यामा संक्रमित भेटिएको पहिलो हो ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार यतिखेर संसारभरिमा ८,५६९,९६२ जना संक्रमित भइसकेका छन् भने तीमध्ये ४५७,३८८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्