Logo

बलुवाटारमा नेकपा सचिवालय बैठक जारी



Spread the love

६ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । बैठक विहान ९ बजेदेखि सुरु भएको हो । एमसीसीको विषयमा छिनोफानो लगाउन सचिवालय बैठक बसेको स्रोतले जानकारी दिए ।

केही समय यता नेकपाभित्र एमसीसीलाई लिएर विवाद चर्किएको छ । नेकपाका दुई अध्यक्षनै (एमसीसी)का सम्बन्धमा लामो समय अघिबाट दुई पक्षमा विभाजित छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली जसरी भएपनि संसदबाट पारित गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलको सुझावलाई आधार मान्दै अघि बढ्नुपर्ने पक्षमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्