Logo

शिर्ष स्थानको बार्सिलोना सेभियासँग अंक बाँढ्न बाध्य



Spread the love

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना सेभियासँग बराबरीमा रोकिएको छ । शुक्रबार राति सेभियाको घरेलु मैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि शिर्ष स्थानको बार्सिलोनाले सेभियासँग अंक बाँढ्न बाध्य भएको हो ।

बार्सिलोनाको यस नतिजाले दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई भने फाइदा पुगेको छ । उपाधि दाबेदारमा रहेकोे रियललाई यस नतिजाले झनै अवसर प्रदान गरेको छ ।

३० खेलबाट बार्सिलोनाको ६५ अंक छ । एक खेल कम खेलेको रियल ६२ अंकसहित दोस्रो स्थानमा छ भने ३० खेलबाट ५२ अंक जोडेको सेभिया तेस्रो स्थानमा छ ।

त्यस्तै गएराति भएको अर्को खेलमा मालोर्का र लेगानेसले बराबरी खेलेका छन् । अर्को खेलमा ग्रान्डा भिल्लारियलसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा ग्रान्डा भिल्लरियलसँग १-० ले पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्