Logo

प्रिमियर लिगमा टोटनह्याम र म्यान्चेस्टर युनाइटेडको खेल बराबरी



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् । टोटनह्यामको घरेलु मैदानमा गएराति भएको खेलमा दुवै टोलिले १–१ को बराबरी खेलेका हुन् ।

२७ औँ मिनेटमा जोसे मोरिन्होले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । तर, ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेसले युनाइटेडका लागि गोल गरेसँगै खेल बराबरीमा टुंगिएको हो ।

यस बराबरीसँगै युनाइटेड ३० खेलबाट ४६ अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा यथावत छ । त्यस्तै समान खेल खेलेको टोटनह्याम ४२ अंकसहित आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्