Logo

आज १७८ जना कोरोनामुक्त भएर घर फर्किए, निको हुनेको संख्या १५८८ पुग्यो



Spread the love

६ असार, काठमाडौँ । पछिल्लो २४ घन्टामा थप १७८ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ५८८ निकाे भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित आठ हजार ६०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्