Logo

गुल्मीमा पहिरोले जिप पुरिंदा एकको मृत्यु, दुई गम्भीर सहित पाँच जना घाईते



Spread the love

असार ६, गुल्मी । गुल्मीमा पहिरोले गाडी पुर्दा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा उक्त घटना घटेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले सल्लेरी खबरलाई बताए ।

अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो । छ जना जिपमा सवार रहेको बताइएको छ । जिपमा सवारमध्ये अन्दाजी १८ वर्षका धुर्कोट गाउँपालिका तीनका तुल्सिराम काउछाकाे ज्यान गएको छ ।

त्यस्तै गम्भीर घाइते हुनेमा सोही स्थानकै चालक प्रदिप पुन र रमेश राना रहेका छन् । उनीहरुलाई उपचारको लागि सन्धिखर्क पठाइएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरीक्षक पकंज चुदालीले जानकारी दिए । अन्य ३ जना केशव काउछा, खिम बहादुर काउछा र बिशाल काउछाको अवस्था सामान्य रहेको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्