Logo

कोरोना कहर – विवाहलाई एक वर्षपछि सार्दै इटालीका अधिकांश युवा



Spread the love

रोम । कोरोना भाइरस महामारी नभएको भए यसै वर्षको जुन ९ मा आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गर्नुभएको छ ।

इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेको कपुसिओनीले बताउनुभयो । “हामी विवाह गर्न उत्साहित छौँ तर महामारीका कारण साथीहरू र परिवारका सदस्यहरूको स्वास्थ्य र सुरक्षाको लागि पर्खनुपर्ने सबैभन्दा राम्रो सोच देखियोे,” ३२ वर्षीय कपुसिओनीले सिन्ह्वासँगको कुराकानीमा भन्नुभयो । हुनत यसका पछाडि धेरै कुरा छन् ।

कासिमिरी, ३३–वर्षीय, यस कुरामा सहमति नजनाउने कुरै भएन सँगै जीवन जीउने कसम खाएका उनीहरूबीच एक वर्ष पर्खिनलाई सहमति भयो । “हामीले आशावादी बन्दै महामारी अन्त्यका लागि पर्खियो तर महामारी लम्बिएपछि हामीलाई लाग्यो कि हामीसँग कुनै विकल्प छैन,” उहाँले भन्नुभयो ।

मध्य इटालियाली फ्लोरेन्सको ठीक बाहिर, भाल डी आर्नोमा बसोबास गर्ने कपुसियुनी र कासिमिरीको निर्णय सम्पूर्ण इटलीभरि दोहोरिएको छ र यो बुझ्न सकिने छ । विवाहमा ढिलाई हुने कुनै वास्तविक राष्ट्रिय तथ्याङ्कहरू छैनन् तर सबै युवाहरूले केही ढिलो गर्ने निधो गरेका छन् । विवाहलाई ढिलो गर्नुमा एउटा त महामारीका कारण जमघटमा हुने समस्या हो भने अर्को स्वास्थ्य सङ्कटका कारण इटालीमा मृत्यु भएका मानिसहरूका कारण इटलीभर शोकमग्न समुदायको रमाइला गतिविधिमा औधि मोह देखिइसकेको छैन । विस्तारै सामान्य जीवनतिर फर्किने अभ्यास इटलीबासीहरूले गरेका छन् ।

हाल सम्म, नियमहरूले इटालियाली क्षेत्रबीच वा इटाली बाहिरबाट निषेधित यात्रालाई अहिले पनि निषेधित गरेको छ । विवाहमा पाहुनाहरूले मास्क लगाउनुपर्दछ र कम्तीमा दुई मिटर एक अर्काबाट टाढा हुनुपर्दछ । खाना बफेहरू, इटालियन विवाहको मुख्य आधार हो ।
तर यो प्रवृत्तिले क्याटरिङ, रेस्टुरेन्ट, फूल बिक्रेता तथा अन्य व्यवसायहरू जसले वार्षिक १० अर्ब यूरो अर्थात् ११ अर्ब अमेरिकी डलर कर राज्यलाई तिर्ने गर्थे एउटा सङ्कटमा पर्ने देखिएको छ ।
“कोरोनाभाइरससम्बन्धी केही प्रतिबन्धहरू हटाइए पनि हप्तौँ बितेको तालाबन्दी र प्रकोपबाट आएको सबै समाचारले मनोवैज्ञानिक छाप छोडेको इटालीको सेवा उद्योगको व्यवस्थापन निगरानी गर्ने संस्था प्रोन्टोप्रोका निर्देशक एलिस फिगारोलीले सिन्ह्वासँग भन्नुभयो, “धेरै जोडीहरूले यस्तो चुनौतीपूर्ण अवधिमा आफ्नो जीवनको सबभन्दा खुसीको दिन के हुनुपर्दछ भनेर योजना गर्न कठिन छ ।”

सरकारले आफ्नो सुधार योजनामा विवाहका लागि केही प्रोत्साहन समावेश गरेको छ । सबैभन्दा ठूलो विवाह समारोहको २५ हजार यूरो अर्थात् एक त्रैमासिकको कर खर्च कर्जा उपलब्ध गराउनेछ, जुन प्रोत्साहन जनवरी १, २०२१ पछि विवाह गर्ने दम्पतीलाई दिनेछ । सरकारले आर्थिक सङ्कटका समय फजुल खर्च जोगाउनका लागि पनि विवाहका कार्यक्रमलाई पछि सार्न प्रोत्साहित गरेको देखिन्छ । कर छुटका कारण धेरै जोडीले ढिलो विवाह गर्न तयार भएका तर्क पनि इटलीमा राखिने गरिएको छ ।

मिलानका इल्लारिया मेस्सा र मटिया बिफ्फीले भने सेप्टेम्बरमा हुने विवाहलाई ढिलाइ गर्ने निर्णयमा कर प्रोत्साहनले कुनै भूमिका नखेल्ने बताउनुभयो । उहाँहरूको शहर कोरोनाभाइरसका कारण निकै प्रभावित भएको तथ्य विवाह मिति सार्नुको मुख्य कारण हो भन्नुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्