Logo

इटालियन सिरी ‘ए’ आजदेखि सुरु, पहिलो दिन दुई खेल हुँदै



Spread the love

एजेन्सी। महामारीको कारण रोकिएको इटालीको शीर्ष डिभिजनको लिग इटालियन सिरी ‘ए’ फुटबल आजदेखि सुरु हुँदैछ । १२ जुनदेखि कोपा इटालिया फर्किएपनि सिरी ‘ए’ भने आजदेखि सुरु हुन लागेको हो ।

सिरी ‘ए’ को पहिलो दिन दुई खेल हुँदैछ । राति ११ः१५ बजे टोरिनो र पार्मा तथा राति १ः३० बजे हेलास भेरोना र काग्लिएरी आमनेसामने हुँदैछ । टोरिनो २७ अंक जोडेर १५औं स्थानमा रहँदा पार्मा ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यता, अर्काे खेलमा अंक तालिको आठौं स्थानमा रहेको हेलास भेरोनाले घरेलु मैदानमा काल्गिएरीको आतिथ्यता गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्