Logo

बंगलादेशी क्रिकेटर मोसरफ मोर्ताजामा कोरोना पुष्टि



Spread the love

एजेन्सी । बंगलादेशी क्रिकेटर मोसरफ मोर्ताजामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । ३६ वर्षीय मोर्ताजाले गत साता कोरोना परिक्षण गराएका थिए र उनमा कोरोना पोजेटिभ देखिएको उनका भाइ मोर्सालिनले बताए ।

उनी हाल राजधानी ढाकामा सेल्फ आइसोलेसनमा बसेका छन् । बंगलादेशमा एक लाख भन्दा बढी कोरोना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्