Logo

भारतमा सङ्क्रमित संख्या चार लाख नाघ्यो, एकैदिन १५ हजार बढीमा संक्रमण



Spread the love

एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या भारतमा चार लाख नाघेको छ । शनिबार एकैदिन १५ हजार ८१३ नयाँ सङ्क्रमित थपिएका छन् । शनिबार बिहानसम्म तीन लाख ९६ हजार सङ्क्रमित रहेको भारतमा पछिल्लो २४ घण्टामा थपिएका कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख ११ हजार ५०० पुगेको छ ।

संयुक्त राज्य अमेरिका, ब्राजिल र रुसपछि कोरोनाभाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुने राष्ट्र भारत रहेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएको छ।

पछिल्लो आठ दिनमा एक लाख नयाँ सङ्क्रमित थपिएका छन्। मृत्यु हुनेको सङ्ख्या १३ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्