Logo

आर्सनलको लगातार दोस्रो हार



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग आर्सनल पराजित भएको छ। शनिबार भएको खेलमा आर्सनल ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो।

आर्सनलका लागि खेलको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै अग्रता दिलाए । तर, ब्राइटनका लागि खेलको ७५ औं मिनेटमा लेविस डुंकले बराबरी गोल फर्काए । निल मपेले खेलको अन्तिम समयमा गोल गर्दै ब्राइटनलाई जित दिलाउन सफल भए । यसअघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

नवौँ स्थानमा रहेको आर्सनलको ३० खेलमा ४० अंक रहेको छ । ३२ अंक जोडेको ब्राइटन लिगको १५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्