Logo

अघिल्लो सिजन मात्रै रियल आएका जोभिच मिलान जाने तयारीमा



Spread the love

एजेन्सी। स्पेनिस महारथी रियल म्याड्रिडका सर्वियन फरवार्ड लुका जोभिचले इटालियन क्लब एसी मिलान जाने योजना बनाएका छन् । अघिल्लो सिजन मात्रै रियलमा आएका जोभिचले समरमा नै मिलान जाने योजना बनाएका हुन् ।

अघिल्लो सिजन मात्रै जर्मन क्लब आइनट्राख्ट फ्रान्कफर्टबाट ५४ मिलियन पाउन्डमा रियलमा आएका उनले सोचेअनुरुपको खेल पस्कन सकेका छैनन् । ला लिगामा जोभिकले चार खेलमा मौका पाउदा २ गोल गरेका छन् ।

रियलले जोभिचलाई करिम बेन्जेमाको विकल्पको रुपमा क्लबमा अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्