Logo

कोरोनालाई जितेर आज १९४ जना डिस्चार्ज भए, निको हुनेको संख्या १७७२ पुग्यो



Spread the love

७ असार, काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १९४ जना घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १७ सय ७२ पुगेको छ।

जसमा १४९ जना महिला रहेका छन् भने १६२३ जना पुरुष रहेका छन्। नेपालमा आज थप ४२१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्