Logo

बेइजिङमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

एजेन्सी । चीनको राजधानी बेइजिङमा गरिएको करिब २० लाख परीक्षणमा थप २२ जनामा संक्रमण भेटिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । करिब तीन महिनाको अवधिमा गरेको अथक प्रयासपछि चीनमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणमा आएको बताएको थियो ।

तर , केही दिन पहिले चीनको राजधानी नजिकै रहेको सिनफादी मासु बजार क्षेत्रमा कार्यरत व्यवसायी तथा कर्मचारीमा सङ्क्रमण देखिएपछि उक्त बजारसँगको सम्पर्क रहने स्थानीय वस्ती र विद्यालयहरू बन्द गरेर परीक्षण तथा उपचारमा तदारूकता देखाएको थियो ।

आइतबार सङ्क्रमितमध्ये एक जना स्वास्थ्यकर्मी पनि रहेको बेइजिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्