Logo

पाकिस्तानमा कोरोना संक्रमित एक लाख ७१ हजार नाघ्यो



Spread the love

एजेन्सी। आइतबार विहानसम्म पाकिस्तानमा एक लाख ७१ हजार ६६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा प्रति १० लाख जनसङ्ख्या बराबर ७७८ जना कोभिड–१९ सङ्क्रमित छन् भने १५ जनाको मृत्यु भएको छ ।

बढी प्रभावित प्रान्तहरूमध्ये सिन्ध प्रान्तमा सबैभन्दा बढी ६५ हजार १६३, पञ्जाबमा ६४ हजार २१६, इस्लामावादमा १० हजार २७९ र बलुचिस्तानमा नौ हजार १६२ सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्