Logo

शीर्षस्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको मार्सिसाइड क्लब लिभरपुल बराबरीमा रोकिएको छ । आइतबार भएको मर्सिसाइड ‘डवी’ भिडन्तमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

बराबरीसँगै लिभरपुलको उपाधियात्रा थप लम्बिएको छ । लिभरपुललाई च्याम्पियन बन्न ६ अंकको आवश्यकता छ ।

बराबरीसँगै लिभरपुलको ३० खेलबाट ८३ अंक पुगेको छ । सिटीको २९ खेलबाट ६० अंक छ । एभर्टन ३८ अंक जोडेर १२औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्