Logo

दक्षिण कोरियाले पाकिस्तान र बङ्गलादेशका लागि लगायो भिसा प्रतिबन्ध



Spread the love

एजेन्सी । दक्षिण कोरियाले पाकिस्तान र बङ्गलादेशका लागि भिसा प्रतिबन्ध लगाउने भएको छ । कूटनीतिक र व्यावसायिक प्रयोजनका लागि दक्षिण कोरिया आउनेमा भने उक्त प्रतिबन्ध लागू हुने छैन ।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सतर्कता स्वरुप उक्त उपाय अपनाइएको दक्षिण कोरियाली समाचार संस्थाले जनाएको छ । दक्षिण कोरियाले दुवै देशबाट तत्काल गैरनिर्धारित विमानसमेत अवतरणमा रोक लगाएको छ ।

दक्षिण कोरियामा पछिल्लो ६८ दिन यताकै सबैभन्दा बढी १७ जना कोरोना सङ्क्रमितको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्