Logo

प्रिमियर लिग – जिरुड र पुलिसिसको गोलमा चेल्सीको पूनरागमन जित



Spread the love

एजेन्सी। चेल्सीले इंग्लिस प्रिमियर लिगमा पूनरागमन जित निकालेको छ । चेल्सीले घरेलु टोली एस्टन भिल्लामाथि २–१ को जित निकाल्दै शीर्ष चारलाई थप पकड बनाएको हो ।

भिल्ला पार्क बर्मिङघममा आइतबार राति भएको खेलमा चेल्सीको पूनरागमन जितमा क्रिस्टियन पुलिसिस र ओलिभर जिरुडले गोल गरे । भिल्लाका कोर्टने हायुसले गरेको गोल सान्त्वाना बन्यो ।

चेल्सीको ३० खेलबाट ५१ तथा युनाइटेडको ४६ अंक रहेको छ । लेस्टरको ५४ अंक छ । भिल्ला २६ अंक जोडेर १९औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्