Logo

कोरोनालाई जितेर आज ३७० जना घर फर्किए, निको हुनेको संख्या २१४२



Spread the love

८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३७० जना कोरोनाभाइरसमुक्त भएर डिस्चार्ज भएका छन्। योसंगै नेपालमा दुई हजार १४२ जना संक्रमण मुक्त भएको छ।

यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दाङ अस्पतालबाट ६, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्पतालबाट २८, दैलेख अस्पतालबाट २६५, सल्यान अस्पतालबाट ३७, नारायणीबाट ११ र धादिङ अस्पतालबाट १७ जना डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेमा ३२ महिला ३३८ पुरुषहरु रहेको छन्।

प्रतिक्रिया दिनुहोस्