Logo

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

८ असार, सुर्खेत। कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २८२ पुगेको छ ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १८, सल्यानका चार, दैलेखका तीन र हुम्लाका एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोमबार कोरोना सङ्क्रमणबाट निको भइ २० जना घर फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस्