Logo

सिरी ए – युभेन्टसको जितमा रोनाल्डो र डिबालाको गोल



Spread the love

एजेन्सी। इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्ट्सले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्ट्सले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो ।

२२ औं मिनेटमा पेनाल्टीमार्फत युभेन्टसले अग्रता बनायो । स्टेफानो देन्स्विलले पेनाल्टी क्षेत्रभित्र म्याथिस डी लिग्टलाई तानेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता दिलाए । खेलको ३६ औं मिनेटमा पाउलो डिबालाले उत्कृष्ट गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

यस जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोसँग ४ अंकको अग्रता लिएको छ । युभेन्ट्सको २७ खेलमा ६६ अंक छ भने लाजियो एक खेल कम खेल्दै ६२ अंकसहित पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्