Logo

भिल्लारियलसँग बराबरी खेल्दै तेस्रो स्थानमा उक्लियो सेभिया



Spread the love

एजेन्सी । सेभिया स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । भिल्लारियलको घरेलु मैदानमा गएराति भएको खेलमा २ – २ को बराबरी खेल्दै सेभिया तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

१८औं मिनेटमा पाको अल्कासेरले गोल गर्दै भिल्लारियललाई पहिले अग्रता दिलाए । ३९औं मिनेटमा सर्जियो एस्कडेरोले सेभियाका लागि बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी टाइममा पाउ टोरेसले गोल गर्दै भिल्लारियललाई पुन: अग्रता दिलाएका थिए । तर, ६२औं मिनेटमा मुनियर अल हाड्डाईले गोल गेपछि सेभियाले खेल बराबरी गर्दै भिल्लारियलसँग अंक खोसेको हो ।

यस बराबरीसँगै सेभियाले ३१ खेलबाट ५३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता भिल्लारियलले पनि समान खेलबाट ४८ अंक जोड्दै छैठौं स्थानमा छ ।

त्यस्तै सोमबार राति नै भएको अर्को खेलमा लेगानेस र ग्रान्डले बराबरी खेलका छन् ।

प्रतिक्रिया दिनुहोस्