Logo

बर्नलीमाथि म्यानचेष्टर सिटीको फराकिलो जित



Spread the love

एजेन्सी। म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती बर्नलीमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ ।

घरेलु मैदानमा फोडेनले २२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। महारेजले ४३ औं मिनेट र पहिलो हाफको इन्जुरी टाइममा गोल गरेपछि सिटीले पहिलो हाफमा ३-० को अग्रता बनायो । ५१ औं मिनेटमा डेविड शिल्भाले सिटीका लागि चौथो गोल गरे । ६३औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले फराकिलो जित हात पारेको हो ।

यस जितसँगै सिटीले ३० खेलमा ६३ अंक जोड्दै लिभरपुलसँगको दुरी २० अंकमा झारेको छ । लिभरपुलको ३० खेलमा ८३ अंक रहेको छ । बर्नली भने ३० खेलमा ३९ अंकसहित ११ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्