Logo

बिल्बाओलाई हराउँदै फेरी शीर्षस्थानमा उक्लियो बार्सिलोना



Spread the love

एजेन्सी । एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोना पुन: स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई १-० ले पराजित गरेको हो ।

७१औं मिनेटमा इभान राकिटिकले गरेको गोल नै बार्सिलोनालाई जितको लागि पर्याप्त बन्यो । बार्सिलोनाले ३१ खेलबाट ६८ अंक जोडेको छ । रियलको ३० खेलबाट ६५ अंक छ ।

यस्तै, लेभान्टेलाई आत्मघाती गोलको मद्दतमा १-० ले पराजित गर्दै एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्