Logo

बार्सिलोनालाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो रियल



Spread the love

एजेन्सी। स्पेनिस ला लिगामा रियल म्याड्रिड फेरि शीर्ष स्थानमा उक्लिएको छ । मालोर्कालाई २–० ले पराजित गर्दै रियल फेरि शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको १९ औं मिनेटमा लुका मोड्रिचले दिएको पासलाई भिनिसियसले सदुप्रयोग गर्दै रियललाई खेलमा अग्रता दिलाए । ५६औं मिनेटमा नै रियलले अग्रता दोब्बर पार्यो । कप्तान सर्जियो रामोसले झन्डै २५ यार्ड टाढाबाटप्रहार गरेको फ्रिकिकमा गोल भएको थियो ।

रियलसँग पराजित भए पनि मालोर्काका लुका रोमेरोल भने कीर्तिमान बनाए । उनी ला लिगा खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १५ वर्ष २१९ दिन हुँदा ला लिगामा डेब्यु गरेका हुन् । उनी ८३औं मिनेटमा इड्रिसु बाबाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको हो ।

प्रतिक्रिया दिनुहोस्