Logo

सिरी ए मा लाजियो हार्दा युभेन्टसलाई फाइदा



Spread the love

एजेन्सी। इटालियन सिरी ए मा एटलान्टाको घरेलु मैदानमा दोस्रो स्थानको लाजिओ ३-२ गोलले पराजित भएको छ ।

पाहुना टोली लाजिओलाई पराजित गर्न रोबिन गोसेन्स, रुस्लान मालिनोभ्सकिया र जोसे लुइस पालोमिनोले एक एक गोल गरे । यता लाजिओका लागि सर्गेज मिलिङ्कोभिचले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

यस हारसँगै लाजियोले शीर्षस्थानको युभेन्टससँग अन्तर घटाउने अवसर गुमाएको छ । लाजियोको २७ खेलमा ६२ अंक रहेको छ । समान खेलमा युभेन्टसले ६६ अंक जोडेको छ ।

अर्को खेलमा इन्टर मिलान घरेलु मैदान सान सिरोमा सासुओलोसँग ३-३ को रोमान्चक बराबरीमा रोकिएको छ ।

इन्टर यस बराबरीसँगै २७ खेलमा ५८ अंकसहित तेस्रो स्थानमा यथावत रहेको छ । सासुओलो भने २७ खेलमा ३३ अंकसहित १२ औं स्थानमा छ । सासुओलो रेलिगेसन क्षेत्रभन्दा ८ अंक माथि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्