Logo

क्रिस्टल प्यालेसमाथि लिभरपुलको फराकिलो जित



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसमाथि फराकिलो जित निकालेको छ। बुधबार राती घरेलु मैदान एनफिल्डमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४-० को फराकिलो जित निकालेको हो।

२३ औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा फाबिन्होको पासमा मोहमद सलाहको गोलमा लिभरपुलले अग्रता दोब्बर पार्यो । यो सिजनमा सलाहको घरेलु मैदानमा १५ औं गोल हो ।

५५ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अग्रतालाई तेब्बर बनाए । ६९ औं मिनेटमा मानेको गोलमा लिभरपुलले चौथो गोल थप्यो ।

यससँगै लिभरपुल अब जितबाट मात्र एक जित टाढा रहेको छ । लिभरपुलले अर्को खेल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्