Logo

मार्सियलको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको सहज जित



Spread the love

एजेन्सी। फ्रान्सेली फरवार्ड एन्थोनी मार्सियलले ह्याट्रिक प्रहार गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा सेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गरेको छ ।

मार्सियल सन् २०१३ मा रोबिन भान पर्सीपछि युनाइटेडका लागि ह्याट्रिक प्रहार गर्ने पहिलो खेलाडी बने ।

यस जितसँगै युनाइटेड अंक तालिकाको पाँचौ स्थानमा यथावत रहेको छ । म्यानचेस्टर टोलीले ३१ खेलमा ४९ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्