Logo

सिटी पराजित हुँदा ३० वर्षपछि प्रिमियर लिगको उपाधि लिभरपुललाई



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा गएराति म्यानचेस्टर सिटी चेल्सीसँग २ –१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको छ । चेल्सीको जितसँगै लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

घरेलु मैदानमा चेल्सीलाइ जित दिलाउने क्रममा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका लागि केभिन डी ब्रुयनले एक गोल फर्काए ।

च्याम्पियनसिपमा कब्जा जमाउन लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर, म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन ।

प्रतिक्रिया दिनुहोस्