Logo

ला लिगामा इबर र रियल बेटिस विजयी



Spread the love

एजेन्सी। स्पेनिस ला लिगामा इबरले जित हात पारेको छ । घरेलु मैदानमा भ्यालेन्सियाका जोयोफ्री कोन्डोग्बीको आत्मघाती गोलमा इबरले जित निकालेको हो ।

खेलको १६ औं मिनेटमा जियोफ्रीले आत्मघाती गोल गरेका थिए । खेलको अन्तिम समय भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो । इबरसँग पराजित भएसँगै भ्यालेन्सिया आठौं स्थानमा रहदै ३१ खेलमा ४६ अंक जोडेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा रियल बेटिसले स्पानियोललाई १–० गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्