Logo

मुक्तक – मौसम अर्याल ।



Spread the love

मुक्तक १

 

पिरतीको गारो बाटोमा हिन्न सकिन ।

को आफनो को पराइ चिन्न सकिन ।

मर्दको छोरो म सन्सार जितन सक्थे,

तर.. महङ्गो रैछ तिम्रो, माया किन्न सकिन ।

 

मुक्तक २

 

तिमि बधु अनि म वर हुने कहिले ?

हामी दुई एक-अर्काको भर हुने कहिले ?

कार्तिक लाग्यो हेर कान्छी , लाग्यो मङ्सिर नि

तिम्रै नामको पछि मेरो थर हुने कहिले ?

 

मुक्तक ३

 

तातिएको सम्बन्ध ,चिसाउन सक्छु ।

आगो-पानी एकैठाउ, मिसाउन सक्छु ।

सानो कुरामा रिसाएर टाढा हुन्छौ भने ..

म पनि तिमी सङ, रिसाउन सक्छु ।।

 

https://www.youtube.com/watch?v=VULL9YvGZ7s

प्रतिक्रिया दिनुहोस्