Logo

सोह्र करोड !



Spread the love

  • शिला अर्याल

 

समाचार सुनाउछ
सरकारले कार्यकर्तालाई
सोर्ह करोड बाड्यो
वा वा……..
यती धनी सरकार भएको देशमा
म जनता कसरी गरीब भएछु ??
ता कि
सोर्ह रुपैयाको अभावमा
मेरा धेरै आमाहरु
सिटामोल खान पाएका छैनन
त्यो प्रचन्ड जाडोमा पनि
ति नांगा जिउहरु
एउटा तातो कपडा लगाउन पाएका छैनन
रातदिन खोकिरहने
ति बुवाहरुका आवाजले
के भन्दै छ होला
त्यो सोर्ह करोडलाई…..
आफ्नै छोराको ज्यानमारा,
आफ्नै छोरीको बलत्कारी,
अझ आफ्नै सामु आई
देशमा क्रान्ति हुन्छ अब बुवा
मलाई भोट दिनुपर्‍यो भन्दै
बिन्ती बिसाउछ…..
अनेक चोटहरुले अचानो बनेको
त्यो बुवाहरुको आत्मा
कती रोहिरहेछ
तर केही बोल्दैन
ता कि
सोर्ह सयको अभावमा
आफ्नो मरेको छोराको
कृया गर्न पनि पाएका छैनन. ..
आफ्नो उमेर र बैश छदै
बन्दुक बोकेर हिड्दा
ति खुट्टामा उठेका ठेलाहरु
अझै पनि बाँकी छन,
आफु परदेश गएको बेला
सुत्केरी श्रीमती छट्पटाइरहदा
खोइ त
त्यो सोर्ह करोड
उनलाई एम्बुलेन्स बनी आएको
ता कि
सोर्ह हजारको अभावमा
आफ्नो सन्तानलाई
संसार देखाउन नपाउदै
गुमाउनुपर्यो
ति सोर्ह करोड बाड्नेहरु
अन्धा भएर न हो…
नत्र,,,,
देशमा सोर्ह करोडको
कती खाचो छ….
कार मोटरसाईकलमा झन्डा बोकेर
हिंड्नेहरु कसरी गरीब छन ?
खोइ के दृष्‍टिले हेरेछन,
त्यो भोलीलाई
छट्पटाउन सक्छ उ,
सबै ढुकुटी सखाप हुँदा
के भन्लान भावी सन्तान??
जन्मदै आफ्नो काधमा
ऋण बोकेर जन्मदा,
के भन्लिन आमा
आफ्नो सबै सम्पत्ति बेचेर
पराइलाई हसाइरहदा ….
खै कस्ले लिन्छ जिम्मेबारि
कमाउनेहरु रहेनछ रमाउने,
जमाउनेहरु रहेनछ रमाउने,
त्यो सोर्ह करोड
आँफै पनि बिचलित छ होला
यसरी आफु
लाखापाखा हुँदा ,
जङगलका पात जसरी
अाफु बाडिनु पर्दा
छट्पटाइ रहेछ ऊ
सोर्ह करोडले बोक्थ्यो सपनाहरु…….
म त ति गरीबको गास हुँ,
रोगीहरुको सास हुँ,
चहराइरहेको घाउको मलम हुँ,
अशिक्षितहरुको कलम हुँ,
अध्यारो देशको ज्योति हुँ,
दुखीको हातमा मोती हुँ,
तर ऊ
एकै रातमा,
एउटै भट्टिमा,
सखाप हुनुपर्दा
छट्पटाइ रहेछ……..
भन्थ्यो सोर्ह करोड
म भित्रको एक एक पैसाको
अस्तित्व रहोस्
तर
आज ऊ
पातजस्तै हावामा उडेर
अग्निमा होमिन वाध्य छ
अग्निमा होमिन वाध्य छ !!!

प्रतिक्रिया दिनुहोस्