Logo

अविरल वर्षाका कारण गुल्मीमा १७ घर विस्थापित



Spread the love

१५ असार,गुल्मी । केहि दिन यता परेको अविरल वर्षाका कारण गुल्मी जिल्ला का विभिन्न स्थानमा घरहरु उच्च जोखिममा परेका छन ।

अविरल वर्षाका कारण नेपालगञ्ज डुबानमा

वर्षा सङै पहिरो जादा जिल्ला भर १७ घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार राज पन्तले जानकारी दिए । जिल्लाको रेसुङा नगरपालिकाका १३ घर,गुल्मी दरवार गाउँपालिका दुई तथा कालीगण्डकी र मदाने गाउँपालिका एक/एक घर परिवार विस्थापित भएको बताईएको छ ।

ति मध्ये १४ घर कच्ची र तीन घर पक्की रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अहिले सम्म कुनै मानवीय क्षेती नभए पनि पशु चौपायामा भने ठुलो क्षेती भएको छ । विस्थापित घर परिवारलाई छिमेकी तथा सार्वजनिक स्थानमा सुरक्षीत साथ राखिएको र क्षेतीको विवरण संकलन गर्न कार्य भैरहेको स्थानीय तहले उल्लेख गरेका छन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्