Logo

कर्णालीमा कोरोना संक्रमितको सङ्ख्या १५ सयको हाराहारीमा



Spread the love

१८असार, सुर्खेत। कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय नजिक पुगेको छ । बिहीबार थप छ जनामा कोरोना सङ्क्रमण देखिएसँगै यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४७४ पुगेको छ ।

यस्तै कर्णाली प्रदेशमा निको हुनेको सङ्ख्या एक हजार १२७ पुगेको छ । बिहीबार मात्रै ४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ .

प्रतिक्रिया दिनुहोस्