Logo

कुमाल समुदायको आयस्तर वृद्धिको लागि इस्मामा कटहर र कुखुरा वितरण



Spread the love

असार १८, गुल्मी । जिल्लाकाे इस्मा गाउँपालिकाले कुमाल समुदायको आयस्तर वृद्धि गर्नेका लागि भुइँकटहरका बेर्ना र गिरिराज कुखुरा वितरण गरेको छ ।

कुमाल समुदायको बाहुल्यता रहेकाे वडामा उनीइहरुको आयआर्जनसँगै जीवनस्तर उकास्ने र व्यवसायीक कृषि पेसातर्फ प्रोत्साहित गर्ने उद्देश्यले कुखुरा तथा भुइँकटहरका बेर्ना वितरण गरिएको इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले जानकारी दिएका छन् ।

गाउँपालिकाको कृषि कार्यक्रम अन्तर्गत वडा नम्बर तीनका २८ घरधुरीलाई तीन हजार भुइँकटहरका बेर्ना उपलब्ध गराइएको उपाध्यक्ष बिमला खत्रीले बताईन् । त्यस्तै वडा एक, दुई, तीन र छ नम्बरका ५५ घरधुरीलाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत १८०० सय गिरिराज कुखुरा,दाना तथा मेसिन वितरण गरिएको छ ।

पिछडिएको समुदायलाई आत्मनिर्भर बनाउने र गाउँपालिकालाई कृषि क्षेत्रमा अब्बल बनाउने आफूहरुको उद्देश्य रहेको उपाध्यक्ष खत्रीले उल्लेख गरिन् । घरेलु मदिराको व्यवसाय गरी आफ्नो जीविकोपार्जन गर्दै आएका त्यस क्षेत्रका कुमाल समुदायले मदिराको व्यवसाय त्यागी कृषि पेसामा लाग्ने गाउँपालिकाले अपेक्षा लिएको छ । यसका साथै आगामी वर्ष पनि कुमाल समुदायलाई लक्षित गरी विभिन्न कृषि कार्यक्रम ल्याउने गाउँपालिकाले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्