Logo

पहिरोमा परि गुल्मीमा १८ महिने शिशुको ज्यान गयो, दुई बेपत्ता



Spread the love

१९ असार, गुल्मी। गएराती देखी परेको अविरल वर्षाका कारण गुल्मी जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा ठुलो मात्रमा जनधनको क्षति भएको छ ।

त्यस्तै, जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर एक मल्लीमा पहिरोमा परि १८ महिनाका शिशु सुरज सारुको ज्यान गएको छ । सोही स्थानकी वर्ष २७ कि ईश्वरी खत्री गम्भीर घाइते भएकी छन् भने उनकी छोरी अपेक्षा खत्री बेपत्ता भएकी छन् । साथै, बेपत्ता हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

साथै यता मुसिकोट नगरपालिका वडा नम्बर दुईमा पनि ठुलो मात्रामा क्षति भएको छ । विभिन्न स्थानमा पहिरो जाँदा घरहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार राज पन्तले बताए । साथै वडा नम्बर दुईमा पसल बगाउँदा एक जना बेपत्ता भएको समाचार प्राप्त भएको छ ।

अविरल वर्षा र ठाउँठाउँमा पहिरो जाँदा उद्धार गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्