Logo

रासायनिक मलमा जनप्रतिनिधिकै मनपरी, रोकिएन कालोबजारी, निर्णय कागजमै सीमित



Spread the love

असार १९, गुल्मी । गुल्मीमा रासायनिक मल अर्थात् युरिया र डिएपीमा व्यापारीको मनपरी अझै नियन्त्रणमा आउन सकेको छैन । रासायनिक मलमा व्यापारीले कालोबजारी गरेको पाइएको छ ।

कालोबजारी तथा निर्णय विपरीत काम गर्नेमा जिल्लाका जनप्रतिनिधिकै मिलेमताे रहेको पाइएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर एक नयाँगाउँका वडा सदस्य चेतमान कुँवरले धुर्कोट गाउँपालिका तथा कृषि ज्ञान केन्द्र गुल्मीको नियमभन्दा बाहिर गएर युरिया तथा डिएपी मल बेचेको स्थानीयले गुनासो गरे ।

स्थानीय जनताको गुनासो आएपछि सल्लेरी खबरले उनीसँग सम्पर्क गर्दा कुराकानी गर्न आनाकानी गरेका उनले भने, “अहिले डिएपी छैन, युरिया प्रतीकेजि २६ रुपैयाँमा बेच्ने गरेका छाैँ ।” यसका साथै उनले डिएपी हुँदा ५५/६०/६५ रुपैयाँसम्म बेचेको खुलाएका छन् । गत बैशाख २२ गते धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले सल्लेरी खबरसँग धुर्कोट गाउँपालिकाभित्र युरिया प्रतीकेजि २३ र डिएपी ५० रुपैयाँभन्दा बढीमा बेच्न नपाइने जानकारी दिएका थिए ।

निर्णय कागजमै सीमित

किसानको हकहितका लागि भन्दै जतिसुकै लोकप्रिय निर्णय गरेता पनि ती निर्णय कागजमै सीमित भएका छन् । रासायनिक मलमा किसानलाई गुल्मीका व्यापारीले मात्रै होइन, सहकारीले पनि ठग्दै आएका छन् । जनताको व्यापक गुनासो आएपछि बैशाख २० गते सल्लेरी खबरले समाचार सम्पेषण गरेसँगै बैशाख २२ गते जिल्लामा कृषि ज्ञान केन्द्रसहित सरोकारवाले बैठक राखी मूल्य घटाउने तथा मल सहकारीले मात्र बेच्न पाउने निर्णय गरेका थिए । तर निर्णय कागमै सीमित भएको छ ।

याे पनि पढाैँ

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्