Logo

गुल्मी पहिरो अपडेट: दुई जनाको ज्यान गयो, ६ जना घाईते एक बेपत्ता, उद्दारमा कठिनाइ।



Spread the love

असार १९, गुल्मी । जिल्लाकाे इस्मा गाउँपालिका वडा नम्बर एक मल्दीमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

ज्यान गुमाउनेमा १८ महिनाका बालक सिजन सारु र वर्ष आठकी अपेक्षा खत्री रहेको उपाध्यक्ष बिमला खत्रीले जानकारी दिईन् । त्यस्तै घाईते हुनेमा वर्ष पाँचका आयुष खत्री, वर्ष २९का इश्वरा खत्री, वर्ष ९० का पुतली खत्री, वर्ष ६४ का टिका खत्री, वर्ष ३० का सिर्जना सारु र वर्ष ३५ का बसन्त सारु रहेका छन् । घाइतेमध्ये सिर्जना सारुको अवस्था गम्भीर रहेको छ ।

हेलिकप्टर मार्फत काठमाडौं उपचारको लागि लैजाने तयारी भएता पनि मौसमका कारण समस्या पैदा भएको उपाध्यक्ष खत्रीले उल्लेख गरिन् । त्यस्तै सोही पहिरोका कारण मुसिकोट र इस्मा गाउँपालिकाको सिमानामा व्यवसाय गर्दै आएका मुसिकोट नगरपालिका दुईका वर्ष ५५ का भागिरथ घिमिरे बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण उद्दारमा कठिनाइ भएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र बल, जनप्रतिनिधि तथा स्थानीयहरु उद्दारमा खटिएका छन् । सोही पहिरोका कारण ११६ घरभन्दा बढी विस्थापित हुने अनुमान गरिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्