Logo

प्युठानमा टिप्पर दुर्घटना, चालक सहचालक दुबैको ज्यान गयो



Spread the love

प्रतीकात्मक तस्वीर

असार २०, काठमाडाैं । प्युठानमा टिप्पर दुर्घटना हुँदा चालक सहचालक दुबैको ज्यान गएको छ । जिल्लाको खप्रेङखोलावाट दाङको कालाकाटेमा चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर सरुमारानी गाउँपालिकाको वडा नम्बर छ मोतिपुरमा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परी ३० वर्षीय चालक रोशन थापा र अन्दाजी २७ वर्षका सहचालक जोगबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्र कार्कीले सल्लेरी खबरलाई बताए । टिप्पर चालक नौबहिनी गाउँपालिका ६ पिपलटारीका रहेको खुलेको छ भने सहचालकको ठेगाना खुल्न सकेको छैन ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानको टोली जाँदै गरेको र घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टिप्पर सडकबाट ५०० मिटर तल खसेको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्