Logo

आज संक्रमण भन्दा डिस्चार्ज हुनेको संख्या उच्च !



Spread the love

२० असार, काठमाडाैं । नेपालमा थप २३२ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षण गरिएको ४ हजार५० जना मध्य २३२ जना काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

आज संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या धेरै रहेको छ । आज २३२ जनामा कोरोना देखिएको छ भने २७२ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १५ हजार ४ सय ९१ पुगेकाे छ । हालसम्म नेपालमा ६४१५ जना काेराेना संक्रमित अस्पतालबाट निकाे भइसकेका छन् ।उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्