Logo

स्वास्थ्यकर्मीको उदाहरणीय काम,६ वर्षदेखि उपचार नपाएका बालकको नि:शुल्क उपचार



Spread the love

असार २२, गुल्मी । आर्थिक अभावका कारण विगत ६ वर्षदेखि अज्ञात रोगले ग्रसित भएका गुल्मीका एक बालकलाई जिल्लाका स्वास्थ्यकर्मीले निःशुल्क उपचार गरिदने भएका छन् । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर दशका कान्त कुँवरको सबै उपचार खर्च स्वास्थ्यकर्मी होम पल्लीले व्यर्होने भएका हुन् ।

परिवारको आर्थिक अवस्था कमजाेर हुदाँ कुँवरले विगत ६ वर्षदेखि उपचार पाएका थिएनन् ।घरपरिवारले दम रोग बताउँदै आएता पनि उनको स्वास्थ्य परीक्षण गर्दा रक्तअल्पता र थाइराइडमा समस्या देखिएको छ । जिल्लामा उनको उपचार सम्भव नभए जिल्ला बाहिर पठाउने र सम्पूर्ण खर्च आफूले व्यर्होने स्वास्थ्यकर्मी पल्लीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

यता कुँवरका परिवार पनि निकै हर्षित भएका छन् । लामो समयसम्म उपचार नपाएर जीवन बिचल्लीमा परेका परिवारलाई निःशुल्क उपचार पाउँदा हर्षीत बनेका हुन् । उनका बुवा पुनराम कुँवरले सल्लेरी खबरलाई भने, ‘मेरा लागी डाक्टर साब र जिल्लाका संचारकर्मी मोहन बस्नेत र बाबुराम पाण्डे भगवान जस्तै हुन् ।’ त्यस्तै १२ वर्षीय कान्त कुँवरले पनि सबैलाई धन्यवाद दिएका छन् । कुँवरको अवस्थाबारे केही दिन अघि जिल्लाका संचारकर्मी मोहन बस्नेत र बाबुराम पाण्डेले बाहिर ल्याएसँगै उनको उपचार सम्भव भएको हो । उनको अहिले जिल्लाको शुभलक्ष्मी फर्मामा उपचार भैरहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्