Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९२
संक्रमित
२४,४३२
निको भएका
१६,७२८

पुरन खनालका दुई कविता



–पुरन खनाल

रहस्य

अस्ताउँदै गरेको सुर्यका किरणहजस्तै
मधुरो-मधुरो बेलुकाको घामजस्तै
एकदिन सबैले यस संसारबाट
अस्ताउँनु पर्ने रहेछ
रात्रिमा चम्कने जुन जस्तै ती
अनुहारहरू
एकदिन बेलुकीको घाम जस्तै अस्ताउँने रहेछन्
तिनै अनुहारहरूले सास फेर्ने छोडिसकेपछि
बादल पछाडिको जुन जस्तै हुने रहेछन् ।

जसलाई कल्पना गर्न सकिने
तर देख्न नसकिने हुँदा रहेछन्
गोधुली खिचिएको फोटो
जसलाई हेरेर ऊ छेउमा भएको आभास हुन्छ
जसलाई हेर्न प्रत्येक दिन
ऊ झ्यालमा आएर उभिन्छ
तर लामो समयको झरिका कारण
नदेखिएको गोधुली जस्तै
प्रत्येक दिन चुहिने उसका आँखाबाट आँसु
फुलमाला चढाएर भित्तामा झुन्ड्याइएको
फोटोप्रति नै किन समर्पित भइरहन्छन् ।

परावर्तन

उदाएको सूर्यका किरणले दिएको तापले
कठ्याङग्रिएको शरीरलाई एकाएक घाममा लिएर
घामबाट आएका किरणहरूले दिएको न्यानोपनलाई
शरीरले महशुस गरे जस्तै गरी
महशुस गराइ रहेछ समयले पनि
नयाँ र पुराना केही सुनेका र देखेका पलहरूलाई
उब्जाइ रहेछ मनभित्र एक-एक केही कुरा
हेरिरहेछन् आँखाहरू आफ्नै अगाडि हत्या हुँदा पनि
केही नदेखे जस्तै गरी ।


सरी रहेछन् पाइलाहरू एकाएक कहिल्यै नरोक्किने गरी
किन थाक्दैनन् ती पाइलाहरू थकित भए पनि दौडन
किन सक्दैनन ती हातहरु बगिरहेको आँसुको थोपा पुछ्न
किन सक्दैनन् केही शब्दहरू महलमा बस्नेहरूको ओठमा
केही क्षणको लागि मुस्कान ल्याउन
किन हास्दैन ति अनुहार एक चोटि मन देखि नै
टाढिँदै गइरहेछन नाताहरू
छुटिंदै गइरहेछन सम्बन्धहरू
किन खोज्दै छन् आफूलाई अरूभित्र
किन खोज्दैनन् आफैलाई आफैभित्र ?

किन चाहन्छ पुराना सम्बन्ध छाडेर नयाँ सम्बन्ध जोडन
किन चाहँदैनन् टुटेको सम्बन्ध फेरि जोड्न
भित्रदेखि नै हारिसकेता पनि
किन सक्दैनन् सजिलै स्वीकार गर्न
किन खोज्छन् सबैले महल र बङ्गला
किन खोज्दैनन् झुपडी र मन्दिर
किन गरिंदैन झुपडी र मन्दिरमा बस्नेसँग
मान्छेले मान्छेको जस्तै व्यवहार
किन आफैले आफैलाई बदलेर
समयलाई दोषी ठानिरहन्छ ।

सायद सबैलाई थाहा नै छ
बिहानीको चर्को घामसँगै उदाएका सुर्यका किरणहरू
बेलुकी अस्ताउँदा मधुरो भएरै अस्ताउँछ
आखिर सबैले कुरेर बसेको मुत्युलाई
किन सक्दैन सजिलै स्वीकार गर्न ?

प्रतिक्रिया दिनुहोस्