Logo

इंग्ल्यान्डविरुद्ध वेष्ट इन्डिजलाई १ सय १४ रनको अग्रता



Spread the love

एजेन्सी। इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा वेष्ट इन्डिजले १ सय १४ रनको अग्रता बनाएको छ ।बाउलमा इंग्ल्यान्डलाई २ सय ४ रनमा अलआउट गरेको वेष्ट इन्डिजले तेस्रो दिन शुक्रबार अलआउट हुँदै ३ सय १८ रन बनाएको छ ।

वेष्ट इन्डिजका लागि ब्रेथवेटले ६५ रन जोड्दा डोवरीच ६१ रन बनाएर आउट भए । यस्तै रोस्टन चेसले ४७ तथा शाम्रह ब्रुक्सले २९ र जोन क्याम्पबेलले २८ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ थालेको इंग्ल्यान्ड दोस्रो दिन २ सय ४ रन जोड्दा अलआउट भएको थियो ।

इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्सको ब्याटिङ थालेको छ ।

प्रतिक्रिया दिनुहोस्