Logo

गुल्मीमा भिरबाट लडेर एक महिलाको गयाे ज्यान



Spread the love

असार २७, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर एक हुँगाकी ३३ वर्षीया गिता नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार प्रसाद पन्तले जानकारी दिए ।

शुक्रबार साँझ घाँस काट्न जङ्गलमा गएकी नेपाली अबेरसम्म नफर्किएपछि खोजी गर्दा शनिबार मृत अवस्थामा भेटिएको गुल्मी प्रहरीले जनाएको छ । उनी भिरबाट करिब १५० मिटर तल खसेको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्