Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

सिरी ‘ए’ मा तीन खेल हुँदै, उपाधि होडमा रहेको युभेन्ट्सलाई एटलान्टाको चुनौती



एजेन्सी। इटालियन सिरी ‘ए’ शनिबार राति तीन खेल हुँदैछ । शीर्षस्थानमा रहेको युभेन्ट्सले घरेलु मैदानमा एटलान्टाको सामना गर्दा दोस्रो स्थानको लाजियो र सस्सुलो तथा ब्रेसिया र रोमाबीच भिडन्त हुँदैछ । युभेन्ट्सको मैदान एलियन्ज एरिना टुरिनमा नेपाली समयअनुसार १ः३० बजे हुनेछ ।

घरेलु मैदानमा युभेन्ट्स सहज जित निकाल्दै उपाधि होड बलियो बनाउने योजनामा हुनेछ । तर लयमा रहेको एटलान्टाविरुद्ध सहज जित निकाल्न युभेन्टसले कठिन हुनेछ ।

यस्तै अर्काे खेलमा लाजियो र सस्सुलोबीच राति ९ बजे तथा ब्रेसियाले रोमासंग राति ११ः१५ बजे भिड्नेछ ।

प्रतिक्रिया दिनुहोस्