Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन उच्च जोखिम



Spread the love

२८ असार, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ४ सय ७९ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्यामा वृद्धि हुँदै ५ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टमा भारतमा कोरोनाबाट ३० भन्दा धेरै नयाँ संक्रमित हुँदा ५ सय ४३ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ८ लाख ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ५ लाख ३६ हजारभन्दा बढी निको भइसकेका छन् भने २२ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ । २४ घण्टामा थपिएका संक्रमित अहिलेसम्म कै धेरै हुन् ।

प्रतिक्रिया दिनुहोस्