Logo

कार्टुन्ज क्रुको नयाँ गीत ‘कैले भेट्ने खै'(भिडियो सहित)



Spread the love

कार्टुन्ज क्रुले अभिनय गरेको नयाँ गीत कहिले भेट्ने खै सार्वजनिक भएको छ ।जसमा कार्टुन्ज क्रुले यस अघिको भन्दा केहि फरक र नयाँ गर्ने प्रयास गरेको छ ।‘कैले भेट्ने खै’ बोलको गीतमा कार्टुन्ज अघिल्लो भिडियोहरुमा भन्दा निकै फरक शैलिमा प्रस्तुत भएको छ । अल्मोडा राना उप्रेतीको स्वर, शब्द तथा संगीत रहेको गीतले एक युगल प्रेमजोडी छुट्नु पर्दाखेरी फेरि कहिले भेट्न सकिएला र भन्ने भाबहरुलाई समेटिएको छ ।फरक शैलीमा गीत गाउन माहिर अल्मोडाले ‘पानी पर्यो’ बोलको गीतबाट निकै राम्रो चर्चा कमाएका हुन् । सार्बजनिक ‘कैले भेट्ने खै’ गीतको भिडियोलाई कार्टुन्ज  क्रुले नै प्रस्तुत गरेको छ भने भिडियोमा सरोज अधिकारीको कन्सेप्ट, निर्देशन र कोरियोग्राफी रहेको छ । भिडियोमा आफ्नो नजिकको मान्छे रोगका कारण डाक्टरले नबाच्ने भनेपछि उनलाई छोटो समयमा आफुले दिन सक्ने खुशीका पलहरु भिडियोमा समाबेश गरिएको छ ।सधै रमाईलो कन्सेप्टमा नाच्ने कार्टुन्ज क्रु यो पाली भने स्याड मुडमा नाचेका छन् । आफ्नो प्रेमिकाको मृत्युको दिनगन्ति सुरु भएको खबरले आफै दुखी भएको अवस्थाको पीडा झल्किन्छ । सरोज र आश्माले यो कन्सेप्टमा प्रमुख भुमिका निभाएका छन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा सरोज, आश्मा संगै कार्टुन्ज क्रीउका अन्य मेम्बरहरु पनि देखिएका छन् भने प्रबिन श्रेष्ठले भिडियो सम्पादन गरेका हुन् ।छोटो समयमै आफुलाई स्थापित गर्न सफल काटुृन्ज क्रुले गरेका सबैगीत युटूबमा सुपरहिट हुने गरेका छन् ।केही समय अघि नै लिरिकल भिडियो सार्बजनिक भएको  गीतले राम्रै चर्चा कमाईसकेको छ ।नेपालको डान्सिङ समूहहरु मध्येको सबैभन्दा धेरै रुचाईएको समूह हो ‘कार्टुन्ज क्रु’। कार्टुन्ज क्रु नेपालको लोकप्रिय डान्स ग्रुप हो । यस गीतको भिडियो कृपा दृश्य डिजिटलमा रेकर्ड गरिएको हो ।भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी तथा विकास राईको फिचरिङ रहेको छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/BUlfc34O2ik

यो पनि हेर्नुहोस्:

-लोकप्रिय डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ को नयाँ गीत ‘दिलको भित्तैमा’ सार्वजनिक

-पर्दा पछाडिः यसरी सुट गरिएको थियो हिट गीत 'दिलको भित्तैमा'

 


 

प्रतिक्रिया दिनुहोस्