एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक आदेश पारित गर्दै हङ्गकङको विशेष दर्जा समाप्त गरेको जानकारी दिएका छन् ।चीनले हङ्गकङमा नयाँ सुरक्षा कानून लागू गरेपछि अमेरिकाले विशेष दर्जा खारेज गरेको हो ।
ह्वाइट हाउसमा पत्रकासँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भने , ‘अब अमेरिकाले चीनसँग जस्तो व्यवहार गर्दै आएको छ, हङ्गकङसँग पनि ठ्याक्कै त्यस्तै गर्नेछ’ ।
बेलायती उपनिवेश रहेको हङ्गकङले चीनमा विशेष दर्जा र केही यस्ता अधिकार प्राप्त गरेको छ जुन मुख्य चीनका जनतालाई समेत दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्