Logo

गुल्मीमा छोरी जन्माए गाउँपालिकाले पाँच हजार रुपैयाँ दिने



Spread the love

असार ३१, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाले छोरी जन्माउनेलाई पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम अन्तर्गत सो योजना पास गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए ।

अहिलेको समयमा पनि समाजमा छोरा र छोरीबीच विभेद गरिने र छोरी भए गर्भमै फालिदिने प्रवृत्ति रोक्नका लागि उक्त निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष तारा थापाले बताएका छन् ।

पाँच हजार रुपैयाँ प्रोत्साहन स्वरुप भत्ता दिँदा छोराछोरीको विभेद रोकिन्छ त भन्ने प्रश्नमा उपाध्यक्ष थापाले भनिन्, ‘पाँच हजार रुपैयाँले त्यति ठुलो प्रभाव त नपार्ला तर जनतालाई केही सचेत भने बनाउँछ । अन्य स्थानीय तहले पनि आ-आफ्नो क्षेत्रबाट केही गर्न सके छोराछोरीबीच हुने विभेदलाई रोक्न सकिन्छ ।’

कालीगण्डकी गाउँपालिका भौगोलिक हिसाबले जिल्लाको विकट स्थानीय तह मानिन्छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्